निम्बसका तीन तेल: भान्छा भरि फैलने योजना

'कृषिमा आधारित उद्योग चलाउनु भनेको फलामको चिउरा चपाउनु भन्दा पनि जोखिम हो तर मैँले त्यहि जोखिम मोल्ने अठोट गरेँ र आज केहि सफलता पाईरहेको छु'

२०७४ माघ २३ गते १४:१२

काठमाडौं । ‘नेपालमा उद्योग चलाएर टिकिरहन कठिन छ, त्यसमा पनि कृषिमा आधारित उद्योग चलाउनु भनेको फलामको चिउरा चपाउनु भन्दा पनि जोखिम हो तर मैँले त्यहि जोखिम मोल्ने अठोट गरेँ र आज केहि सफलता पाईरहेको छु’, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरियाको भनाई हो यो । उनले वीरगञ्जमा ४ अर्बको लागतमा ६ विगाह क्षेत्रफल ओगट्ने गरि कृषिमा आधारित प्रोबायोटेक उद्योग सञ्चालन गरिरहेका छन् । उनको उद्योगमा तीन प्रकारका तेल, खुकुराका दाना, गाईभैसीको आहार बनाउने गर्ने ७ वटा प्लान्ट छन् ।

byanjan

उनले पछिल्लो समयमा चासो दिएको उद्योग हो खाने तेल । हुन त कृषिसँग सम्बन्धित धेरै उत्पादन उनको उद्योगमा हुन्छ र उनी लगानी थप्ने प्रक्रियामा पनि छन् । तर मानव स्वास्थ्यका लागि अत्यन्तै सम्वेदनशिल मानिएको खाने तेल उत्पादनलाई बगरियाको कम्पनीले उच्च प्राथमिकता दिँदै आएको छ ।

निम्बसका तीन तेल
कम्पनीले ब्याञ्जन ब्राण्डमा तोरी उत्पादन गर्दै आएको छ । ब्यञ्जन तोरीको तेल प्रतिलिटर २१० रुपैंयाँमा पाइन्छ । सुनौलो किरण ब्राण्डमा भटमास र सुर्यमुखीको तेल उत्पादन गर्दै आएको छ जसको मूल्य १९० र २ सय रुपैंयाँ प्रतिलिटर पर्छ । उद्योगले भटमास र सुर्यमुखी तेल मासिक २२५० मेट्रिक टन उत्पादन क्षमता राख्छ ।sunaulo

सुर्यमुखी तेलको उत्पादन गर्ने युनिटको क्षमता बढाएर दैनिक १०० मेट्रिक टन पुर्याउने लक्ष्य पनि बगरियाले सुनाए । ‘४५ करोड लगानी थपेर केहि प्लान्ट लगाउँदै छौं भने केहिको उत्पादन क्षमता बढाउँदैछौं’, उनले भने । तोरीको तेल १५०० मेट्रिक टन उत्पादन गर्ने क्षमता उद्योगको छ । यी तेलहरुमा भिटामिन ए र डी उपलब्ध हुनेछन् । नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने दोश्रो तोरीको तेलका रुपमा ब्यञ्जन ब्राण्ड स्थापित छ ।

भान्छा भरि फैलाने योजना 
उनले किराना पसलमा बिक्रि हुने सम्पुर्ण उपज उत्पादन गर्ने योजना समेत सुनाए । ‘एउटा नेपालीको भान्छा भरी फैलने गरि सबै उत्पादन बनाउने योजना छ’, बगरियाले भने । खाने तेल र सोयाबिन उत्पादन गरिरहेको कम्पनीले अब प्रोटिनयुक्त चाउचाउ उत्पादन गर्ने सोँच बनाएको छ । त्यस बाहेक गहुँको पिठो, आटाँ र मैदा समेत उत्पादन गर्ने योजनामा कम्पनी पुगेको छ ।

nimbus

निर्यातको तयारी 
निम्बसले तेललाई निर्यात गर्ने अठोँट समेत कसेको छ । ‘हामीले आन्तरिक बजार विस्तारसँगै निर्यातको तयारी समेत गरेका छौं’, निर्देशक बगरियाले भने । स्वदेशी बजारदेखि विदेश निर्यातसम्म गरेर नेपालको कृषि क्षेत्रलाई नै अब्बल सावित गर्ने सपना देखेको बगरिया बताउँछन् । ‘नेपालको कृषिमा आधारित उद्योगहरुलाई प्रतिष्पर्धी बनाउन पनि हामीले निर्यातको सोँच बनाएका हौं, सरकारले पनि नीतिगत निर्णय गरेर सहयोग गरोस भन्ने अपेक्षा छ’, बगरियाले सुनाए ।

७० प्रतिशत स्वदेशी कच्चा पदार्थ
प्रोबायोटेकमा करिब ७० प्रतिशत कच्चा पदार्थ स्वदेशी नै उपयोग हुने गरेका छन् । भटमास भने कम्पनीले क्यानडा, ब्राजिल, अर्जेन्टिना लगायतका देशबाट आयात गरिरहेको छ । तोरी र सुर्यमुखीको फल भने अधिकांश स्वेदशमै उपलब्ध रहेको छ ।

धेरै उत्पादन थोरै नाफा
कम्पनीका ब्राण्ड मेनेजर गोविन्द ज्ञवालीले भटमास र सुर्यमुखी तेलमा धेरै उत्पादन गरेर थोरै नाफा कमाउने योजना अनुसार बजारीकरण गरिरहेको बताए । ‘हामी गुणस्तरमा सम्झौता गर्दैनौं, धेरै उत्पादन गर्ने र थोरै नाफा कमाउने उदेश्यसहित सबै नेपालीका भान्छामा पुग्ने योजना छ’, ज्ञवालीले भने ।

चार शहरमा एग्रो वायर हाउस
कम्पनीले बिराटनगर, बिरगञ्ज र भैरहवामा एग्रिकल्चरल वेयरहाउस स्थापना गरेर कृषि उपज भण्डारण गर्ने योजना बनाएको पनि ज्ञवालीले सुनाए । किसानले उत्पादन गरेको समयमा कृषि उपज खरिद गरेर भण्डारण गर्ने र उपयुक्त समयमा प्रशोधन गरेर पुनः बजारमा पठाउने गरि वेयरहाउस स्थापनाको गृहकार्यमा कम्पनी जुटेको छ ।