निम्बसले जित्यो एचआरएम अवार्ड २०२१

निम्बसले जित्यो एचआरएम अवार्ड २०२१

निम्बसले कर्पोरेट उत्कृष्ठताको लागि कृषि उद्यम समूहमा एचआरएम अवार्ड फर कर्पोरेट एक्सीलेन्स २०२१ जितेको छ। काठमाडाैंमा आयोजित पहिलो ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१' मा निम्बसले उक्त अवार्ड पाएको हो। 

अवार्ड जितेपछि निम्बसले कम्पनीको अनुपम र प्रगतिशील विकाशका साथै समग्र नेपालको कृषि क्षेत्रमा पुर्‍याएकाे याेगदानलाई सम्मान गरेको बताएको छ। निम्बसका अध्यक्ष आनन्द बगरियाले कृषि उद्यम मार्फत् आफूलाई यस क्षेत्रमा अझ दृढताका साथ लाग्न अवार्डले हौसला प्रदान गरेको बताए।

निम्बसले सन् २००४ मा देशमै पहिलो पशुपंक्षीको दानाको नविनतम उत्पादन गर्ने उदेश्य सहित प्रोबायोटेक उद्योग स्थापना गरी व्यवसाय सुरुवात गरेको थियो। पशु फिड ब्रान्ड 'शक्ति' नेपाली बजारमा रुचाइएको ब्रान्ड हो। हाल निम्बसमा चार वटा पशु आहाराको उद्योग तथा खाद्यान्न उत्पादन गर्दैछ।

Source: https://www.setopati.com/kinmel/business/259549