निम्बसले महामारीविरुद्ध लडिरहेकाहरूलाई ‘प्रो–टेक्ट’को मास्क र स्यानिटाइजर उपलब्ध गराउने

निम्बसले महामारीविरुद्ध लडिरहेकाहरूलाई ‘प्रो–टेक्ट’को मास्क र स्यानिटाइजर उपलब्ध गराउने

काठमाडौं, जेठ ४ – कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेकाहरूलाई निम्बसले ‘प्रो–टेक्ट’को मास्क र स्यानिटाइजर उपलब्ध गराउने भएको छ । विद्यमान सङ्कटलाई सामना गर्न फ्रन्टलाइनमा बसेर काम गरिरहेका सङ्गठन, स्वयम्सेवक र अग्रपङ्क्तिमा रहेर सेवा दिनेहरू सबैलाई निम्बसले सो मास्क र स्यानिटाइजर उपलब्ध गराउने भएको हो ।

सबैभन्दा आवश्यक रहेको ठाउँहरू अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपङ्क्तिमा रहेर सेवा दिनेहरू, स्वयम्सेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर कम्पनीले प्रो–टेक्टको मास्क र स्यानिटाइजर वितरण गर्ने तयारी गरेको छ । यी सामग्री कम्पनीले आफ्नो अनलाइन सेवा ‘निम्बसबजार’मार्फत सम्बन्धित स्थानमा पुर्याउने भएको छ । निम्बसले हाल शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अप्ठ्यारोमा परेकाहरूलाई निःशुल्क खाना खुवाउने स्वयम्सेवकहरूद्वारा सञ्चालित सङ्गठन, हार्टबिटलाई मास्क वितरण गरिसकेको जनाएको छ ।

‘हाम्रो सुरक्षाका निम्ति यस महामारीविरुद्ध लड्ने सबैप्रति हामी भित्रैदेखि कृतज्ञ छौँ,’ निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले भने, ‘विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ । यसका निम्ति हामी विभिन्न सङ्गठनहरू र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरूलाई सहायता गर्न चाहन्छौँ ।’

प्रो–टेक्ट निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो, जसले उच्च गुणस्तरको एन्टी–माईक्रोबियल केएन९५ मास्क, थ्री–प्ले मास्क र विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको ७६% इथेनल रहेको स्यानिटाइजर उत्पादन गर्दै आएको छ । आफूलाई आवश्यक परेको सङ्ख्या उल्लेख गरेर संगठन र स्वयम्सेवकहरूले यी मास्क र स्यानिटाइजरका लागि ‘निम्बसबजार डट कम’मार्फत आवेदन दिन सक्ने छन् ।

Source: https://corporatekhabar.com