निम्बसले महामारीविरुद्ध लड्नेहरुलाई नि:शुल्क मास्क र स्यानिटाइजर प्रदान गर्ने

निम्बसले महामारीविरुद्ध लड्नेहरुलाई नि:शुल्क मास्क र स्यानिटाइजर प्रदान गर्ने

निम्बसले महामारीविरुद्ध लड्ने संगठन, स्वयंसेवक र अग्रपंक्तिमा रहेर सेवा दिने सबैलाई निम्बसले प्रोटेक्टको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।

कम्पनीले सबैभन्दा आवश्यक रहेको ठाउँहरु – अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर प्रोटेक्टको मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको जनाएको छ ।

कम्पनीले अहिले शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठन हार्टबिटलाई मास्क वितरण गरिसकेको छ ।

आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले प्रोटेक्ट मास्क र स्यानिटाइजरका लागि निवेदन दिनसक्ने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार मास्क र स्यानिटाइजरकाे लागि संस्थाहरुले http://www.nimbusbazar.com मा गई डोनेट प्रोटेक्ट बटन थिचि वा ९८२८०९१६९१ मा सम्पर्क गरी अर्डर गर्न सक्नेछन् ।

Source: https://www.bikashnews.com